पुत्र वियोगमा रहेका प्रचण्डलाई भेट्न लाजिम्पाट पुगिन राष्ट्रपति

काठमाडौं-३ मंसिर, राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेकी छन् । प्रचण्डलाई भेट्न राष्ट्रपति आफैं लाजिम्पाट पुगेकी थिइन् ।

झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका थिए । उनी अस्पताल नगई निवास पुगेका थिए, जहाँ राष्ट्रपतिले भेटेर समवेदना व्यक्त गरेकी छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here