पुटिनको जन्म दिनमा विरोध प्रदर्शन

एजेन्सी– रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन विरोध प्रदर्शन गरिएको छ । रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २ सय ५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् ।
नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । विरोध प्रदर्शनको मूख्य थलो सेन्ट पीटर्सबर्गमा झडप हुँदा दर्जनौं गिरफ्तार गरिएको बताइएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका अवसरमा विरोध ¥याली निकालिएको हो । विपक्षी नेता नभाल्नीलाई सार्वजनिक बैठक गर्दा मान्नुपर्ने नियम उल्लंघन गरेको भन्दै बीस दिनका लागि जेलमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here