पुटिनका ज्वाईँ र बडीगार्डसहित निकटतम व्यक्तिमाथि प्रतिबन्ध

काठमाडौं,२४ चैत । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाईँ र बडीगार्डसहित निकटतम  व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । यस्तै १७ वरिष्ठ सरकारी अधिकारी र कैयौं कम्पनीमाथि समेत अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरुमाथि पुरै विश्वलाई हानी गर्ने गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धमा रुसी राष्ट्रपति पुटिनका सुरक्षा गार्ड, उनका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका कम्पनी छन् । यसैबीच अमेरिकाले प्रतिबन्ध गाएपछि रुसले कडा कदम उठाउने चेतावनी दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमले रुस आफ्नो बाटोबाट पछि नहट्ने स्पष्ट पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here