पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गछौंः अध्यक्ष शर्मा

काठमाडौं,१३ कार्तिक–राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न पनि तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आजदेखि शुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राज्य पक्ष वा गैरराज्य पक्षबाट जोसुकैबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिन आयोग अग्रपंक्तिमा रहने विश्वास दिलाउनुभयो ।
नयाँ बन्ने पूर्वाधारका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष शर्माले मानवको खान मात्रै नभई सम्मानपूर्वक बाँच्ने पनि अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here