पीएसजीलाई ५–१ को लज्जास्पद हार

एजेन्सी ।  फ्रेन्च क्लब पीएसजीले फ्रेन्च लिग वानमा १९ वर्षयताकै लज्जास्पदहार ब्योहोरेको छ । गए राति भएको खेलमा लिलेसँग ५–१ को फराकिलो हार ब्योहोरेको हो । १० खेलाडीमा समेटिएको पीएसजीलाई लज्जास्पद हार चखाउन लिलेका निकोलस पेपे, जोनाथन वाम्वा, गाब्रियल र जोसे फोन्टेले गोल गरे । एक गोल उपहार पाएको थियो ।
पिएसजिको लागी जुवान बर्नाटले सान्त्वाना गोल फर्काए । जितसँगै लिलेको ३२ खेलबाट ६४ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ८१ अंक छ । हारसँगै पीएसजीले उपाधिका लागि अझै अर्को खेल कुर्नुपर्ने भएको छ ।
यस्तै गएरातिनै भएको इग्लिस प्रिमियर लिगको खेलमा उपाधि दौडमा रहेको लिभरपुलले दाबेदार सिटीमाथिको दबाब कायम राखेको छ । गएराति भएको खेलमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई २–० ले पराजित गरेसँगै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । जितसँगै म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । यद्यपी सिटीले एक खेल कम खेलेको छ । लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । एक खेल कम खेलेको सिटिको ८३ अंक छ । पराजित चेल्सीको ६६ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here