पीएसजीद्धारा एन्जर्सलाई २–० गोल अन्तरले पराजित

एजेन्सी, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

पिएसजीको जितमा दुवै गोल एन्जल डी मारियाले गरे। खेलको २८ औं मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीका लागि खेलको ८४ औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गरे ।

जितपछि लिगको दोस्रो स्थानमा रहेको पिएसजीको ३२ खेलबाट ७४ अंक छ भने एक खेल कम खेलेको लिग लिडर मोनाकोको ७४ अंक नै छ । तेस्रो स्थानको निसको भने ३२ खेलबाट ७० अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here