पीएसएलमा दुई कीर्तिमान

एजेन्सी । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा शनिबार सर्वाधिक रन बनेको छ । लाहोर कलन्दर्ससँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरको इस्लामाबाद युनाइटेडले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन   बनाएको हो ।

यस्तै मुल्तान सुल्तानले पनि जारी पीएसएलमा २०० रनको आंकडा पार गरको थियो । लाहोर विरुद्ध नै २०० रन बनाएको मुल्तानले उक्त रन भने बचाउन सकेको थिएन । जसमा लाहोरले अन्तिम ओभरको अन्तिम बलमा २०४ रन बनाउँदै खेल जितेको थियो ।

यस्तै आजको खेलमा आशिफ अलीले पनि थोरै बलमा अर्धशतक बनाउने कीर्तिमानको बराबरी गरेका छन् । उनले कमरन अकमलको १७ बलमा ५० रन बनाउने कीर्तिमानी बराबरी गरेका हुन् ।

आशिफ अलीले आज १७ बलमा अर्धशतक बनाएका थिए । समग्रमा २१ बलको सामना गरेका अली ६ छक्का तथा तीन चौकाको मद्दतले ५५ रन आउट रहे । केमरन डेलपोर्टले ६० बलमा शतकीय पारिसहित ११७ रन बनाए ।

नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इस्लामाबाद युनाइटेडविरुद्ध लाहोरबाट बलिङ गर्दा आफ्नो स्पेलमा ४६ रन दिएर १ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here