काठमाडौं,१२ जेठ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछ । पहिलो खेलमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लब किर्तिपुर मैदानमा भिड्ने छन् । अर्को खेल मुलपान िरंगशालामा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा समुह बी का दुई टोली प्रदेश १ र त्रिभुवन आर्मी क्लब बीचको पहिलो खेल भर्खरै सुरु भएको छ । उद्घाटन खेलमा जित निकालेको आर्मी जीतलाई निरन्तरता दिने लक्ष्यमा छ । प्रदेश १ को नेतृत्व पुष्प थापाले गर्नेछन् । यस्तै, मुलपानी क्रिकेट मैदानको उद्घाटन संगै आजै हुने अर्काे खेलमा कर्णाली प्रदेश र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

