पाल्पा–बुटवल सडक एकतर्फी खुल्यो

पाल्पा,२० असोज– बुधबारदेखि अवरुद्ध भएको पाल्पा–बुटवल सडक आज बिहानदेखि एकतर्फी रुपमा संचालनमा आएको छ ।
बिहान ७ बजेदेखि मोटरसाईकल, कार जिपलगायत साना सवारी साधन मात्रै संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा क्षेत्रमा झरेका ढुंगे पहिरोले गर्दा बाटो अबरुद्ध हुने समस्या भैरहेको हो ।
पहिरो खस्ने समस्या नरोकिएपछि सडकमा खसेका पहिरो राम्ररी पन्छाउन नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ । दैनिक ५ हजार भन्दा बढी सवारी आउजाउ गर्ने यो सडक बन्द हुँदा हजारौ यात्रुले सास्ती बेहोर्नु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here