पाल्पाको गाउँपालिकाको कार्यालय परिसरमा बिहानै वम विष्फोट

पाल्पा,६ बैशाख ।  पाल्पा रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा आज वम विष्फोट भएको छ । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।
अनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । कार्यालयको झ्यालका सिसा फुटेका छन् । आज बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन् । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here