पार्टी विभाजनले आफूलाई ठूलो चोट पुग्योः राप्रपा अध्यक्ष थापा

काठमाडौँ, २३ साउन- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभाजनले पार्टीलाई र आफूलाई ठूलो चोट लागेको बताउनु भएको छ ।

पार्टी विभाजन भएपछि आज आकस्मिकरुपमा बोलाइएको केन्द्रीय समिति बैठकमा थापाले पार्टी विभाजनबाट आफूलाई ठूलो चोट लागेको बताउनु भएको हो ।

उहाँले पशुपति शम्शेरजस्तो जिम्मेवार नेताले पार्टी विभाजन गर्नु होला भन्ने आफूलाई नलागेको भन्दै जिम्मेवार नेताबाट पार्टी फुटाउने निर्णय लिनु ठूलो गल्ती गल्ती भएको जिकिर गर्नुभयो ।

थापाले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएको केही हस्ताक्षर केन्द्रीय सदस्य नभएका व्यक्तिको पनि रहेको बताउनुभयो ।

आकस्मिकरुपमा बोलाइएको राप्रपाको केन्द्रीय समिति बैठकले ६ जना सांसदसहित १७ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीको हित विपरित काम गरेको भन्दै बैठकले ६ जना सांसदसहित १७ जना केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्काशन गरिएको हो । कारबाहीमा पर्ने सांसदहरुमा दिपक बोहरा, सुनील थापा, रेशम लामा, विराज बिष्ट, बबिना मोक्तान लावती र राज्य लक्ष्मी श्रेष्ठ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here