काठमाडौं, २ जेठ । एमाले र माओबादी केन्द्रबीचको पार्टी एकतालाई गति दिन दुई दलका अध्यक्षबीच वार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकमा पछिल्लो समय देखिएका असमझदारी अन्त्य गर्दै एकतालाई टुंगोमा पुर्याउने बिषयमा छलफल भएको हो । एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

