पार्टी एकतामा कुरा मिले पछि झापाबाट के भने एमाले नेता खनालले ?

web

झापा, ४ वैशाख- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमाले–माओवादीबीच पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘पाँचौँ राष्ट्रिय पुरस्कार वितरण’ समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्ुनभयो, “पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्छ । अब मुलुकको गन्तव्य भनेको समाजवाद हो ।”

नेता खनालले मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण हुने र सो पार्टीले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने उल्लेख गुर्नभयो । उहाँले अन्य मुलुकको विकासको ढाँचाभन्दा नेपाली माटो सुहाउँदो विकासको ढाँचा ल्याउनुपर्नेमा जोड दिनुभयो । नेता खनालले वैशाख ९ गते पार्टी एकता हुन नसके पनि केही दिनभित्रै एकता हुने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here