पार्टी एकताका समयमा भएको सहमति भुल्न हुदैनः अध्यक्ष दाहाल

कास्की,५ असार ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले पार्टी एकता प्रक्रियाले मुलुकलाई सफलता तर्फ अघि बढाउने उल्लेख गर्नुभएको छ । प्रेस संगठन नेपालले कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले देशको र सरकारको नेतृत्व गर्ने पार्टी हुनुको नाताले यो पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिने र तलसम्मका कमिटिहरुको परिचालन गर्ने कुराले देशको, सरकारको र समग्र विकास प्रक्रियाका निम्ति रणनीतिक अर्थ राख्ने  बताउनुभयो ।

अध्यक्ष दाहालले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको अध्यक्षको भनाई थियो ।

उहाँले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता विपरित जाने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफुहरु गम्भीर भएको बताउनुभयो ।

गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै उहाँले गुठी सम्बन्धी विधेयकमा नयाँ शीराबाट अघि बढ्ने बताउनुभयो । अध्यक्ष दाहालले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here