पार्टीको नाम जुधाएको भन्दै ऋषिराम कट्टेलको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं,६ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै अर्को नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आपत्ति जनाउनुभएको छ ।उहाँले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएको स्पष्ट पार्नुभएको छ ।
ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सोतानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको भन्दै सत्य तथ्य निर्वाचन आयोगले छिटै सार्वजनिक गर्ने पनि अपेक्षा गर्नुभएको छ। कट्टेलले प्रष्ट कानुनी व्यबस्था हुँदाहुँदै सपनि सरकारमा रहेका दलहरुले गैह्रकानुनी कृयाकलाप गरेको भन्दै संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडी बढाउने चेतावनी दिनुभएको छ । विज्ञप्ति हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here