पार्टीकाे हारको कारण खाेज्दै राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडाैं,४ पुस–प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हारको कारण खोज्न पाँचवटै विकास क्षेत्रमा केन्द्रीय टोली खटाउने भएको छ ।

केन्द्रीय पदाधिकारीले नेतृत्व गर्ने ६ टोली यही साताभित्र कार्यक्षेत्रमा खटिइसक्ने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो ।

टोलीलाई पार्टी हार्नुका कारण र अब सुधारका लागि के गर्नुपर्छ भन्ने स्थानीय स्तरमा छलफल गर्ने जनाइएको छ । कार्यसम्पादन समितिको बैठकले सबै क्षेत्रमा छलफल गरि निश्कर्ष निकाल्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here