पारित होला संविधानको दोस्रो संशोधन विधेयक ? संसदमा आज मतदान हुने

web

काठमाडौं, ५ भदौं– व्यवस्थापिका संसद बैठक आजपनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने निश्चितप्राय छ ।
संविधान जारी भएदेखि नै असन्तुष्ट रहेका मधेस केन्द्रित दलहरूको माग सम्बोधन गर्न सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकारसहितका विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो ।
आजको बैठकमा विधेयकमाथिको दफावार छलफल केहि बाँकी रहेकाले त्यो सक्नेवित्तीकै मतदानको प्रक्रिया अगाडी बढ्ने छ । संविधान संशोधनका लागि परेको ५० वटा संशोधन क्रमैसँग निर्णयार्थ पेस हुने छ ।
संविधान संशोधन विधेयकका पक्षमा सदनमा तत्काल कायम रहेको कुल सदस्य संख्या (५९२) को दुई तिहाइ (३९५) मत नपरेको अवस्थामा विपक्षमा जतिसुकै कम मत परे पनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुन्छ ।
संसद्मा सत्तारूढ कांग्रेसको २०७, माओवादीको ८२, राजपाको २५, लोकतान्त्रिक फोरमको १६ र संघीय समाजवादी फोरमको १५ सिट छ भने सदनमा एकरदुई सिट मात्रै भएका केही साना दल पनि संविधान संशोधनको पक्षमा छन् ।
संशोधनको विपक्षमा प्रमुख प्रतिपक्षी एमालेका १८०, नेकपा (माले) का ५, नेमकिपाका ४, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ र एकरएक सिट रहेका मधेस समता पार्टी, नेपा पार्टी र बहुजन समाजवादी पार्टीका गरी १ सय ९७ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here