ताप्लेजुङ, ३० साउन– ताप्लेजुङमा जारी दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड काठमाडाँै र सगरमाथा युवा क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि हिजो भएको सेमिफाइनल चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भएको थियो । चर्च ब्वाइज काठमाडाँैले घरेलु टिम नव प्रयास युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
साउन २२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले ट्रफीसहित दुई लाख ११ हजार १११ तथा उपविजेताले एक लाख ११ हजार १११ प्राप्त गर्नेछ ।

