पाणीनी बचत तथा ऋण सहकारी सस्थाले कोबिड १९ नोबेल कोरोना उपचारमा चिकित्सकको सुरक्षाको लागि नेपाल्गन्ज भेरी अस्पताललाई १०० थान N95 माक्स हस्तान्तरण

भीम नेपाली, प्रयाग गुप्ता
नेपालगन्ज (बाँके) २६ चैत्र
‌यस सस्था का सस्थापक अध्यक्ष प्रभात सिंह ठकुरी,सस्थाका अध्यक्ष रामेश्वर सिटौला ,उपाध्यक्ष कृष्ण मरासिनी ,सचिब दिपक अर्याल कानुनी सल्लाहकार वसन्त गौतम र सस्थाका सदस्य इन्द्र बस्नेतले कोभिड १९ संक्रमणको उपचारका लागी पहिलो मोर्चामा लडिरहेका स्वास्थकर्मीका लागी अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा लाई १०० थान N95 माक्स हस्तान्तरण गरेको हो। बिश्वमा कोराना संक्रमण को संख्या बढे संगै स्वास्थ क्षेत्रमा माक्स पनि बढेको छ। संक्रमणको सम्पर्कमा रहने चिकित्सक र कर्मचारीको लागी माक्स नभै नहुने सामाग्री हो।सामान्यतया बिरामीको हेरचाह गर्ने चित्सक नर्स लगायत दुरि कायम गर्न नसक्नेका लागि माक्स अती अावस्यक पर्ने मे. शु डा .प्रकाश थापाले बताए।सस्थाका सदस्य इन्द्र बस्नेतले कोभिडी १९ ले बिश्वका शक्तिशाली रास्ट्र लाई नै चुनौती दिरहेको अबस्थामा नेपाल सरकारले समयमै सावधानी अपनाएर नेपाललाई ठुलो छती हुनबाट रोकेकोमा नेपालसरकार प्रति आभार प्रकट गरे ।साथै बिश्वमा नै मानव जातिलाई चुनौती दिरहेको यश कोभिड १९ का विरुद्ध लड्नका लागि देश बासी आमाबुवा,दाजुभाइ तथा दिदिबहिनी हरुमा सरकार ले गरेको निर्णयको पुर्ण पालना गर्ने र कोभिड १९ विरुद्ध लड्न सबै खाले सक्दो सहयोग आआफ्नो ठाउँ बाट गरि यो महामारी र संकट बाट बचौ र मानव जातिको रक्षा को अपील समेत गरेको वताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here