एजेन्सी– पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन गर्न आफू तयार रहेको जनाएको छ । ‘सार्क चार्टर डे’ को अवसर पारेर पाकिस्तानले सम्मेलन गराउन तयार रहेको जनाएको हो ।
पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले सार्कमार्फत यस क्षेत्रको विकास अपरिहार्य रहेको बताउदै उहाँले पाकिस्तान शिखर सम्मेलन गर्न तयार रहेको बताउनु भयो ।
सार्कका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सार्क चार्टर डेका अवसरमा यस क्षेत्रका नागरिकलाई शुभकामना दिनु भएको छ ।
सार्कको उद्देश्य हासिल गर्न लामो समय र ठूलो धनराशी लगानी भइसकेको जनाउँदै देउवाले सार्कलाई गतिशील संगठन बनाउन सबै सदस्य मुलुकबाट अझ बढी सहकार्य र प्रयास आवश्यक भएको र नेपाल यसमा प्रतिबद्ध रहेको बताउनु भयो ।

