पाइपलाइन ओछ्याउने काम प्रभावित

वीरगञ्ज, १६ साउन:बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा मात्र सम्पन्न भएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको थियो । त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरु भएको हो ।

सत्तरी किलोमिटर लम्बाइ भएको सो पाइपलाइन रु दुई अर्ब ७५ करोडको लागतमा निर्माण भइरहेको छ । भारतको रु दुई अर्ब तथा तथा संघीय सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।

नेपालतर्फ भारतीय सीमा रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ दशमलव २ किलोमिटर भूभागमध्ये हालसम्म १५ किलोमिटर क्षेत्रमा पाइप जमिन मुनि राख्ने काम सम्पन्न भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here