पाँच वर्षको जेल सजाय पाएका सलमान दुई दिनमा रिहा

काठमाडौं, २४ चैत । कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान शनिबार धरौटीमा जेलबाट रिहा भएका छन् । उनी ५० हजार भारतीय रुपैयाँ धरौटी तिरेर जेलबाट रिहा भएका हुन् । जेलबाट रिहा भएसँगै सलमान विशेष विमानबाट मुम्बईतर्फ लागेका छन् । उनी दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here