पाँच लाख लुटेर फरार रहेका तीन जना पक्राउ

काठमाडौँ, ९ माघ। महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिने भनी पाँच लाख १० हजार लुटेर फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले सस्तो मूल्यमा सुन दिने भनी नगद लुट्ने सिन्धुपाल्चोकका ३८ वर्षीय विविमाया तामाङ, काठमाडौँका २९ वर्षीय यमबहादुर तामाङ र २५ वर्षीय हीरा तामाङलाई मङ्गलबार पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गत मङ्सिर २० गते कागेश्वरी मनहरा नगरपालिकाका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा १५÷२० तोला सुन दिन्छौँ भनी नगद लुटेर फरार भएका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनु भयो । पीडितको उजुरीका आधारमा उनीहरुलाई खोजी गर्दा काठमाडौँ र सिन्धुपाल्चोकका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here