पाँच महिनाअघि हराएका ड्यामको कंकाल जंगलमा

Dead body in a mortuary

स्याङ्जा, २९ चैत  स्याङ्जामा पाँच महिनाअघि बेपत्ता भएका पुतलीबजार नगरपालिका–१३ का ड्यामबहादुर घर्तीको कंकाल जंगलमा भेटिएको छ । अर्जुनचौपारी गाउँपालिका–१ बेत्ताल सामुदायिक वनमा कंकाल भेटिएको प्रहरीले जनाएको छ ।
पाँच महिनाअघि धनसिंह बस्नेतका भाई घरबाट निस्केर बेखबर भएका थिए । धनसिंह घर्तीले ५२ वर्षीय भाई ड्यामबहादुर घर्ती हराएको भन्दै ६ महिनाअघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ ।  मानसिक सन्तुलन गुमाएका घर्तीले लगाएको कपडाका आधारमा कंकाल पहिचान भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here