काठमाडौं,२१ चैत । सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशहरूविरूद्ध १० दिने उजुरी आव्हान गरिएको छ । आज बसेको संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको हो ।
चैत १९ गते बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

