पाँचदिने राजकीय भारत भ्रमण सकाएर प्रधानमन्त्री देउवा आज स्वदेश फकर्दै

काठमाडौं, ११ भदौं– प्रधानमन्त्री शेरबहादुर देउवा पाँचदिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फकर्दै हुनुहुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका देउवा विशेष भेटघाट सकेर धार्मिक अवलोकनमा व्यस्त हुनुभएको छ ।
आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले महाबोधी मन्दिमा पुजाअर्चना सकेर उहाँ नयाँदिल्ली पुग्ने कार्यक्रम रहेको छ ।
यसअघि हिजो प्रधानमन्त्री देउवाले तिरुपति बालाजीको दर्शन, र धार्मिक महत्वको बिहारस्थित बोधगयाको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा आज साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here