पाँचथर काण्डः भागेर बाँच्न सफल बालिकाको उपचार प्रदेश सरकारले गर्ने

photo annapurnapost

काठमाडौं,८ जेठ । पाँचथरको आरुबोटेमा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाउन सफल घाइते बालिकाको सम्पूर्ण उपचार प्रदेश १ सरकारले गर्ने भएको छ ।

विराटनगरस्थित मन्त्रालयको कार्यालयद्धारा जारी विज्ञप्तीमा घाइते भएर उपचार गराइरहेकी १२ वर्षकी सीता खजुमको उपचार व्यवस्था सरकारले व्यहोर्ने उल्लेख गरेको छ । घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ ।

त्यस्तै, हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव गएराति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सोमबार राति आरुबोटेमा बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ सदस्यको हत्या भएको थियो । जसमा बमबहादुरका जेठी छोरीकी १२ वर्षकी छोरी सीताले भने भागेर ज्यान जोगाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here