पाँचथरमा ज्वाइँ–ससुराको घरका नौ जनाको विभत्स हत्या, केन्द्रीय अनुसन्धान टोली जादै (अपडेट)

काठमाडौं,७ जेठ ।  पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा अज्ञात समुहले ज्वाइँ–ससुराको घरका नौ जनाको विभत्स हत्या गरेको छ । नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको घरमा पसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

एक बालिका भागेर ज्यान जोगाएकी छन् । १२ वर्षीया सीता खजुमले नकाव लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी परिवारका सबैको हत्या गरेको बताएकी छन् । घाइते बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अहिले कडा सुरक्षाबीच उपचार जारी छ ।

धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो यसको कारण खुल्न नसकेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो । घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ । प्रहरीका अनुसार धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था भेटिएको जनाएको छ ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्रीको नेतृत्वमा टोली पुगेको पुग्दै छ । त्यस्तैः केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here