पहिलो सन्तान जन्माएको २६ दिनपछि पुनःजुम्ल्याहा बच्चा

एजेन्सी । बंगलादेशमा २० वर्षीया एक महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्।पहिलो बच्चा जन्मिएको समयमा चिकित्सकले उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा नपाएको बताएका छन्।

आरिफा सुल्ताना इती नाम गरेकी युवतीले शल्यक्रियामार्फत जुम्ल्याहा बच्चा जुन्माएकी हुन्। २६ दिनअघि उनले सामान्य रुपमा एक सन्तान जन्माएकी थिइन्।पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएको बीबीसी हिन्दीमा समाचार छ।

अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ।उनको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्,’ हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन। २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भयो।’

त्यतिबेला चिकित्सकले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन्। पछि उनी अस्पताल जाँदा चिकित्सकले ‘अल्ट्रासोनेग्राफी’ टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए।

उनले पहिलो सन्तानलाई पहिलो पाठेघरबाट र जुम्ल्याहा शिशु दोस्रो पाठेघरबाट जन्म दिएकी हुन्। यस्तो घटना निकै दुलर्भ रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले मंगलबार डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here