काठमाडौं,८ मंसिर– आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचन हुने हिमाली जिल्लाका ३७ निर्वाचन क्षेत्र र मतदान केन्द्रहरुमा निर्वाचन सामग्री पुर्याउने काम अन्तिम चरणमा पुगेको छ भने अधिकांस जिल्लामा कर्मचारीहरु पुगीसकेका छन् ।
एकैसाथ हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि आवश्यक निर्वाचन सामाग्री सहित मतदान अधिकृत र अन्य कर्मचारीको समूह मतदान केन्द्रमा पुगी सकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सफलातापूर्वक मतदान सम्पन्न गराउन जिल्ला जिल्लाका निर्वाचन अधिकारीले निर्वाचन सामाग्री सहितका कर्मचारी मतदान केन्द्रतर्फ खटाइरहेको निर्वाचन आयोगले जनाएको छ ।
३७ निर्वाचन क्षेत्रका ४ हजार ४ सय ६५ मतदान केन्द्रमा सामाग्री तथा कर्मचारी आज साझँसम्म पुगेर मतदानको तयारी थाल्ने निर्वाचन आयोगले जनाएको छ ।
हिमाली जिल्लाहरुमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुर्याइएको र अन्य जिल्लामा सडकमार्गबाटै सामाग्री पुर्याइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

