काठमाडौं,४ जेठ । जव उनी किशोर अवस्थामा प्रवेश गरी उनका व्यवहारप्रति परिवार समुदाय र विद्यालयमा आलोचना हुन थाले । उनी भन्छिन्, साथीहरु मसँग खेलेनन्, बोलेनन्, जबरजस्ती पुरुषझै भएर बस्नुपर्दा म निसासिन्थे । योनिक अल्पसंख्यक भएकै कारण उनी घरबाट निकाइलिइन्, शिक्षाबाट वञ्चित भईन । बाजुरीकी एक महिला जैविक यौनिक अल्पसंख्यक भएकै कारण विभेदमा परिन् । जैविक रुपमा महिला भए पनि उनी आफुलाई पुरषझै महसुस गर्छन्, बानीव्यहोरा पनि उस्तै छ ।
हुर्कदैँ जाँदा स्तन नबढ्ने, घरधन्दा र शृंगारमा मन नगर्ने भएपछि परिवारले उनलाई रोगी ठाने । पहिचानको लागि लामो समयदेखि लड्दै आए पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि विभेद हट्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

