पश्चिम र मध्यपश्चिमको मौषममा समस्या

काठमाडौं,७ असार ।  देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।  जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्य पश्चिम क्षेत्रहमा आज बिहानैदेखि पानी परिरहेको छ ।

महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार पश्चिम र मध्यपश्चिममा पानी पर्ने प्रणाली दिउँसोपख कमजोर भएर पानी पर्न रोकिने छ भने तराई क्षेत्रमा पानी पर्नेछ। बेलुकासम्म देशका अधिकांश स्थानको मौसम बदली भएर मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

पश्चिमी वायु, पूर्वी वायु र मनसुनको सक्रियताका कारण आज देशभर पानी पर्ने महाशाखाले जनाएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २८ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here