पश्चिम बंगालमा आँधीले १० जनाको मृत्यु

भारत,५ वैशाख । भारतको पश्चिम बंगालमा आएको आँधीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। मंगलबार साँझ आएको तीव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोलकातामा चार जनाको मृत्यु भएको आपद प्रबन्धन नियन्त्रण कक्षले जनाएको छ। त्यसैगरी हावडा जिल्लामा पाँच जना तथा बाँकुरा र हुगलीमा एक्एक जनाको मृत्यु भएको हो। भारतीय मौसम विभागकाअनुसार प्रतिघण्टा ८५ देखि एक सय किलोमिटरमा आँधी आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here