पशुपति मगन्तेमुक्त क्षेत्र घोषणा

काठमाडौं,२१ चैत । काठमाडौंको पशुपत क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरिएको छ । मंगलबार पशुपति क्षेत्र परिसरमै एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीले मगन्तेमुक्त क्षेत्र घोषणा गरेको राजधानी दैनीकको समाचारमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त पहलमा पशुपति क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरिएको हो ।

पशुपति क्षेत्रमा रहेका ८१ जना बेसहारा मगन्तेलाई त्यहाँबाट हटाइएको छ । उनीहरुलाई काठमाडौंको बूढानीलकण्ठ, सामाखुसी र मकवानपुरको हेटौंडामा व्यवस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here