काठमाण्डौँ,२९ माघ । महाशिवरात्रीको पुर्व संध्यामा पशुपति क्षेत्रमा आज बिहानैदेखि मलबहाक तथा भारी सवारी साधन चल्न रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्र पर्ने रुटहरुमा आजदेखि मालबहाक तथा भारी सवारी साधनहरु चल्न रोक लगाएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिनुभयो ।
आज बिहानैदेखि महाराजगंज–चक्रपथ–चावहिल प्रवेशमा रोक लगाइएको छ । भने गएरातिदेखि पशुपति क्षेत्र वरपर सुरक्षाकर्मीहरु परिचालन गरेको छ । कोषले भोली लाग्ने महाशिवरात्रि मेलाको सम्पुर्ण तयारी पुराभएको जनाएको छ ।
यसैबीच, महाशिवरात्री पर्वका लागि पशुपति आइपुगेका साधुहरुका लागि गुठी सस्थानले सेवा शुरु गरेको छ । नेपालका विभिन्न स्थान सहित विदेशबाट आइपुगेका साधु सन्तको खानपानका लागि आवश्यक प्रवन्ध मिलाएको सस्थानका उपप्रशासक दीपबहादुर पाण्डेले जानकारी दिनुभयो ।

