पल्सर स्पोर्टस अवार्ड आज

काठमाडौं, २६ भदौं– नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न ८ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई आज सम्मान गरिने भएको छ ।
अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा उत्कृष्ट घोषित हुनेलाई कमलादीस्थित प्रज्ञा भवनमा सम्मान गरिनेछ ।

८ विधामध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलिट अवार्डको घोषणा आजै हुनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयमा पर्ने नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here