पर्यटन मन्त्री अधिकारी प्रति राष्ट्रियसभामा शोक प्रस्ताव पारिद

web

काठमाडौं,१७ फागुन । शोक प्रस्ताव सर्वसम्मतले पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ । हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीकाने सम्झनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ ।
शोक प्रस्तावमा भनिएको छ, “मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ ।”
बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्ने गरि सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here