खोटाङ, २२ माघ। धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले खोटाङका एक युवाले साइकलयात्रा गर्ने तयारी गरेका छन् ।
त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँलगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका साथै पर्यटन प्रवद्र्धन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले देशव्यापी साइकल यात्रा गर्ने तयारी गर्नुभएको हो ।
साइकल यात्राका लागि अहिले जिल्लाका दश स्थानीय तहमा रहेको धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन भइरहेको श्रेष्ठले बताउनुभयो । जन्तेढुङ्गा, धिप्लुङ झरना, इन्द्रेणीपोखरी, सोलढुङ्गा, भगवती मन्दिर, महुरेगढी, केपिलासगढी, सिंहदेवी, लौरेडाँडा, चिलिमढुङ्गा, बाहनेपोखरी, सिद्धेश्वर महादेवगुफालगायत धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि श्रेष्ठले ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने तयारी गर्नुभएको हो ।
अध्ययन सक्नासाथ यही माघभित्रैबाट देशव्यापी साइकल यात्रा शुरु गर्ने सोच बनाएको श्रेष्ठले बताउनुभयो । आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचारविरुद्ध समेत हुने श्रेष्ठले जानकारी दिनुभयो ।

