पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन

रसुवा, ५ जेठ-अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् ।

शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम हुनुभएको छ । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय हुनुभएको छ ।

म्याराथनका विजेता पुरुष र महिला दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख पाँच हजार, ७८ हजार ७५० र ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको सहआयोजक रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा रसुवा– नुवाकोट पर्यटन समाजको सहआयोजनामा भएको उक्त प्रतियोगितामा ९० जना धावक सहभागी थिए । जसमा ३० महिला र पाँच (विदेशीसहित) ६० जना पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here