पर्यटकको रोजाइमा सौराहा

we

रत्ननगर, २३ साउन:जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।

निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । गएको एक वर्षमा निकुञ्ज घुम्ने कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत पर्यटकले सौराहा नाका प्रयोग गरे । विगतका वर्षमा ८० देखि ९० प्रतिशत पर्यटकले सौराहाकै प्रवेशद्वार प्रयोग गर्दै आएका निकुञ्जको भनाइ छ ।

निकुञ्जका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा निकुञ्ज घुम्ने कूल एक लाख ५२ हजार ६७१ पर्यटकमध्ये एक लाख २७ हजार २९५ पर्यटक सौराहा हुँदै निकुञ्ज घुमेका छन् । यो कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत हो ।

अन्य आठ नाका प्रयोग गरेर २५ हजार ३७३ पर्यटकले निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । निकुञ्ज प्रवेश गर्न सौराहसहित पश्चिम चितवनको घटगाई, निकुञ्जको मुख्य कार्यालय कसरा, देवनगर, माडीस्थित वनकट्ठा, पश्चिम मेघौलीको भिम्ले, नवलपरासीको अमलटारी, लौखानी र कुवौली प्रवेशद्वार छ ।

गएको एक वर्षमा सौराहा नाकाबाट एक लाख २७ हजार २९५, घटगाई प्रवेशद्वारबाट २१२, कसरा र देवनगर प्रवेशद्वारबाट ११ हजार ९११, वनकट्ठा प्रवेशद्वारबाट एक हजार ३४, भिम्ले पोष्टबाट आठ हजार २६५, लौखानीबाट ५००, अमलटारीबाट दुई हजार ८६४ र कुबौली प्रवेशद्वारबाट १२१ पर्यटकले निकुञ्ज घुमे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here