पाल्पा,१ कार्तिक– तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो ।
रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि पर्यटक बढेका हुन् ।
कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको ताजमहल मानिने रानीमहल पर्यटक बढेको पर्यटन व्यवसायी वसन्त कुँवरले जानकारी दिनुभयो ।
दशैँअघिसम्म पर्यटक शून्यजस्तो देखिए पनि अहिले दैनिक ३०० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उहाले बताउनुभयो ।

