परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन धुलिखेलमा

काभ्रे,१६ कार्तिक– परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलनसुरु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सम्मेलनमा सात देशको सहभागिता रहेको छ ।
सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो । सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाल, भुटान, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत र भारतका गरी ६० बोर्डका पदाधिकारी र परीक्षा विज्ञको भेला हुने बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले बताउनुभयो ।
माध्यमिक तहको अन्तिम परीक्षा लिने जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले अहिलेको परीक्षा प्रणाली ठीक वा बेठीक भन्ने कुरा शिक्षा क्षेत्रमा बहसको रुपमा उठेको बेलामा हुन लागेको सम्मेलन उपलब्धिमूलक हुने बताइएको छ । सम्मेलन १८ गतेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here