परिवार सहित भोट हाल्न जानुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले के भन्नुभयो ?

काठमाडौं, ३१ बैशाख– राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि स्थानीय तहको निवार्चनमा मतदान गर्नुभएको छ ।

काठमाडौंको लैनचौरको कन्या हाइस्कुलमा मतदान गर्दै ९७ वर्षाीय माधवप्रसाद घिमिरेले २० वर्षपछि स्थानीय चुनावमा भाग लिन पाउँदा खुसी लागेको बताउनुभयो ।
देशलाई अस्थिर नराख्न राजनीतिक दलहरुलाई आग्रह पनि गर्नुभयो नेताहरु केन्द्रमा झगडा गर्नुहुन्छ, त्यसलाई अब स्थानीय स्तरमा नल्याउनू’ घिमिरेले भन्नुभयो–गाउँटोलमा त मिलेर बस्ने हो ।
यहाँ दाजुभाई मिलेरै बस्नुपर्छ । यहीँबाटै मिलेर जानुपर्छ ।’ प्रजातन्त्र आएको यतिको वर्षसम्म पनि देशले विकासको बाटो नसमातेको भन्दै प्रश्न गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here