महोत्तरी,२२ बैशाख । महोत्तरीमा आज बिहान अज्ञात समुहले घरका सबै सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाखबढी लुटपाट गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा नवीन ठाकुरको घरमा अज्ञात समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका जिल्लाका प्रहरी कार्यालयका उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

