परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ, ४ भदौ:परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त हुनुभएको मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

आज एक शुभकामना सन्देश पठाउँदै उहाँले कुरेसीको कार्यकालमा दुबै देशको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि नेपालले निकटमा रहेर काम गर्न चाहेको बताउनुभयो ।

नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ ।

यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जद हुसने बी सियालले पनि विदेशमन्त्रीमा नियुक्त हुनु भएकोमा कुरेसीलाई वधाई एवम् सफल कार्यकालयको शुभकामना दिनुभएको छ ।

महासचिव कुरेसीले आफ्नो कार्यकालयमा क्षेत्रीय सहयोग एवम् आपसी हितका लागि महत्वपूर्ण योगदान दिनहुने अपेक्षा गर्नुभएको छ । सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा शीघ्र आयोजना हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here