पन्त हत्या काण्डः १ महिनासम्मपनि अनुसन्धान पुरा नएपछि काँग्नेसकाे चासाे

काठमाडाैं,१७ भदाैंः नेकपा अध्यक्ष पुष्पकमल दाहाललाइ भटि काँग्रेस नेताहरूले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्या  भएको १ महिनासम्मपनि अनुसन्धान पुरा हुन नसकेकाे प्रति चासाे देखाएका छन्

घटनाको अनुसन्धान प्रभावकारी हुन नसकेको तथा तथ्य लुकाउने प्रयास भएको भन्दै  प्रमुख प्रतिपक्षी कंग्रेसले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुलाई ध्यानाकर्षण गराएको छ । पार्टीका तर्फबाट घटनाको स्थलगत अध्यनका लागि सांसद दिलेन्द्र प्रसाद बडु संयोजकत्वमा कंग्रेसले गठन गरेको  टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग विहान छलफल गरेको छ ।

निर्मला पन्तको बलत्कार र हत्यापछि कञ्चनपुरको स्थिति बिग्रदै गएकाले अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन र वास्तविक दोषी पत्ता लगाउन सत्तारुढ दलका अध्यक्षको हैसियतमा दाहालसँग आग्रह गरिएको कंग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

निर्मलाको गत साउन ११ गते हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध जनाएपछि अहिले केन्द्रीय अनुसन्धान टोली परिचालन गरिएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाको अभिभावकले समेत दोषी पत्ता लाग्नेमा आशंका व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here