पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा

काठमाडौं,६ जेठ ।  नेपाल पत्रकार महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्न लागेको छ । महासंघको हिजो बसेको बैठक यो महिना भरीका लागि घोषणा गरेको आन्दोलन आजदेखि सुरु हुन लागेको हो ।

मिडिया काउन्सील विधेयक लगायतका विधेयकहरुले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता निमोठ्न लागिएको भन्दै महासंघले यसअघि पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । घोषित दोस्रो चरणको कार्यक्रम अनुसार आज र भोली महासंघले आफ्ना पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने भएको छ ।

त्यसैगरी यही जेठ ८ गते संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने छ भने जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमक सम्पादकहरुसँग छलफल गरी सञ्चार अभियान सञ्चालन गर्ने जनाएको छ । महासंघले जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ भने जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता लिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here