पत्रकार महासंघद्धारा सर्वाेच्चको आदेशप्रति ध्यानाकर्षण

काठमाडौं,१४ फागुनः सर्वोच्च अदालतले कान्तिपुर दैनिकका सम्बन्धमा गरेको आदेशमा पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको   छ । सर्वोच्चको आदेश प्रति ध्यानाकर्षण भएको भन्दै महासंघले कुन सामाग्री प्रकाशन गर्ने भन्ने विषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रिया प्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here