पत्रकार महासंघको २५ औं महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यसो भने

काठमाडौं, ४ भदौं– प्रधानमन्त्री शेर बहादुर देउवाले देशमा लोकतन्त्र आउनुमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि पत्रकारको भूमिका महत्वपूर्ण भएको बताउनु भएको हो ।
उहाँले सञ्चारको खुल्ला प्रतिष्पर्धा प्रेस स्वतन्त्रता कायम भएको देशमा नेपाल विश्वकै उदाहरणीय देश भएको समेत दाबी गर्नुभयो । प्रधानमन्त्रीले देउवाले सहकार्य गरेर अघि बढ्न सबै पत्रकारलाई आह्वान पनि गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले पत्रकारको व्यवसायिक हित र सुरक्षाका लागि महासंघले सक्नेजति प्रयास गरेको बताउनुभयो। महासंघको बन्द सत्र आजदेखि नै सुरु हुने र भोलि बिहानैदेखि निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्ष विष्टले जानकारी दिनु भयो ।
देशभरका १५ सय प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि पत्रकारहरु तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगर प्रतिस्पर्धामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here