‘पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्छ’

झापा, १ भदौ:प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले लिने पञ्जीकरण शुल्कमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ ।

दमक उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री आङ्बाले भन्नुभयो, “जन्म, मृत्यु, विवाहलगायत व्यक्तिगत घटना दर्ताका लागि लिइने शिल्कका विषयमा विवाद आइरहेको छ, मन्त्री आङ्बोले भन्नुभयो, “यसमा स्थानीय तहले विचार गर्नुपर्छ ।” उहाँले जनभावनाअनुरुप शुल्क निर्धाण गर्न आग्रहसमेत गर्नुभयो ।

दोहोरो करका विषयमा चर्चा गर्दै मन्त्री आङ्बोले कतै पनि दोहोरो कर लगाउन नपाइने बताउनुभयो । “तीन तहको सरकारका कारण कतै पनि दोहोरो लाग्दैन”, उहाँले भन्नुभयो, “यदि कहीँ त्यस्तो भएको छ भने पनि तुरुन्त  सच्याइने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here